arrow

कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
chicken-birdflue.jpg
फाइल तस्बिर

अछाम । कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।

कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।

बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।

मासु खाँदा विकको घरमा थप तीन जना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ ।

के कति कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ