arrow

फ्रान्सको दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता पेन अस्ताए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
jean-marry.jpg

काठमाडौँ । फ्रान्सको दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता जीन-मारी ले पेनको मङ्गलबार ९६ वर्षको उमेरमा निधन भएको छ ।

केही हप्तादेखि स्याहार केन्द्रमा रहेका ले पेनको मङ्गलबार मध्याह्न (११०० जीएमटी) मा ‘आफन्तहरूको उपस्थितिमा’ निधन भएको परिवारले विज्ञप्तिमार्फत जनाएको छ ।

नेसनल फ्रन्टका सह-संस्थापक ले पेनले सन् २००२ मा कडा आप्रवासन विरोधी मुद्दाका साथ राष्ट्रपति चुनावको दोस्रो चरणमा पुगेर फ्रान्सलाई तरङ्गित बनाएका थिए ।

उनमाथि प्राय: जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको कुरा कुख्यात छ । 

उनकी छोरी मरिन ले पेनले सन् २०११ मा पार्टीको नेतृत्व सम्हालिन् र आफ्नो आन्दोलनलाई उनको चरमपन्थी प्रतिष्ठाबाट टाढा राख्ने प्रयासमा जीन-मारीलाई चार वर्षपछि पार्टीबाट निष्कासन गरिन् । 

नेसनल र्याली (आरएन) नाम परिवर्तन भएपछि पार्टीले उल्लेखनीय प्रगति गरेको छ । यसले गत वर्षको युरोपेली संसद् चुनावमा ठूलो सफलता हासिल गर्यो र त्यसपछि फ्रान्सको आम निर्वाचनमा सबैभन्दा ठूलो एकल पार्टी बन्यो । 

आरएन पार्टीका प्रमुख तथा मरिन ले पेनका दाहिने हात जोर्डन बार्डेलाले सावधानीपूर्वक शब्दमा जीन-मेरी ले पेनले ‘सधैँ फ्रान्सको सेवा गरेको’ बताए । 

“इन्डोचाइना र अल्जेरियामा फ्रान्सेली सेनाको सिपाही, राष्ट्रिय सभा र युरोपेली संसद्मा जनताको प्रतिनिधिका रूपमा उनले सधैं फ्रान्स र यसको पहिचान र सार्वभौमिकताको रक्षा गर्नुभयो”, २९ वर्षीय बार्डेलाले एक्समा भने, “आज म उनको परिवार, उनका प्रियजनहरू र निस्सन्देह मरिनको शोकको सम्मान गर्नुपर्दछ भनेर दु: खका साथ सोच्दैछु ।” 

यसैबीच राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सेली दक्षिणपन्थी नेता जीन-मारी ले पेन ‘ऐतिहासिक व्यक्तित्व’ थिए भन्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको राष्ट्रपतिको कार्यालय एलिसीले बताएको छ । 

“हाल नेसनल र्‍याली पार्टीका रूपमा रहेको दलका सह-संस्थापक ले पेन ‘दक्षिणपन्थको एक ऐतिहासिक व्यक्तित्व’ हुनुहुन्थ्यो”, एलिसीले एक संक्षिप्त वक्तव्यमा भन्यो, “फ्रान्सको राजनीतिक जीवनमा उनको भूमिकाको इतिहासले निर्णय गर्नेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ