arrow

तमू ल्होसार पर्व मनाइँदै, देशमा सार्वजनिक विदा

कसको शुभकामनामा के सन्देश ?

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
tamu-lhosar.jpeg
काठमाडौं । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर तमू ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ । 
 
ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ ।
 
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको तर्क छ ।
 
तमू ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा  विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । 
 
तमू ल्होसारको अवसरमा राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मले शुभकामना दिएका छन् । कसको शुभकामनामा के छ ? 
 
राष्ट्रपति विद्यादेवी भण्डारी
भण्डारीले ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमुलगायत सम्पूर्ण दिदीबहिनी, दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् ।  
 
राष्ट्रपतिले शुभकामना सन्देश दिँदै नेपालका सांस्कृतिक सम्पदाको यथोचित संरक्षण र सम्वद्र्धन गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, सामाजिक सदभाव, सहिष्णुता एवम् सामञ्जस्यता कायम गर्ने हाम्रो साझा कर्तव्य रहेको बताइन् ।  
 
यस पर्वले तमु जातिलगायत समुदायमा उत्साह र उमङ्ग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पु¥याउन सकोस् तथा सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छिन् । 
 
उपराष्ट्रपति नन्दबहादुर पुन
पुनले पनि गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु गुरुङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 
 
शुभकामना सन्देश दिँदै उनले यस्ताखाले मौलिक धार्मिक एवम् साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताए । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रचण्डले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।  
 
प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै सांस्कृतिक परम्पराको धनी नेपालका तमु जातिले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका सन्दर्भमा नेपालका तमु जातिले नयाँ वर्षको आगमनको खुसीयालीस्वरुप विशेष उत्साह र उमङ्गताका साथ मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने बताए । 
 
‘संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ”प्रधानमन्त्रीले सन्देशमा भनिएको छ । 
 
प्रधानमन्त्री दाहालले सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको जानकारी दिँदै राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।  
 
यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीका बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा प्रधानमन्त्रीले गरेका छन् ।  
 
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा
यसै उपलक्ष्यमा काँग्रेस सभापति शेरबहादुर देउवाले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले विज्ञप्तिमार्फत नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै यस पर्वले समाजमा सदभावना बढाउँदै मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।  
 
विज्ञप्तिमा भनिएको छ, “वर्तमान संविधानको निर्माणमार्फत नेपाल नयाँ युगमा प्रवेश गरेको छ । हाल देखिएका सङ्क्रमणकालका समस्याहरु आपसी संवाद, सहमति र एकताका माध्यमबाट समाधान हुनेमा म विश्वस्त छु ।” 
 
उनले जनताको भावनालाई आत्मसात् गरेको वर्तमान संविधान नेपालको राष्ट्रिय एकताको महत्वपूर्ण आधार भएको जनाउँदै संविधानको कार्यान्वयन र समायानुकूल परिमार्जनबाटै राष्ट्रिय एकताको भावना मजबूत बनाउन सकिने उल्लेख गरेका छन् ।  
 
यसै अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान संविधानको कार्यान्वयन गरी मुलुक सामु देखिएका समस्या आपसी संवाद, सहमतिबाट समाधान गरी आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माणमा लाग्न यस प्रकारका चाडपर्वले प्रेरणा दिने उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ