arrow

पूर्वपश्चिम राजमार्ग दुम्किबासमा पुल भाँचियो, भारतीय मालवाहक ट्रक फस्यो

logo
हाम्राकुरा
प्रकाशित २०८१ पुष २६ शुक्रबार
dumkibas-bridge-fac-3.jpg

नवलपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्किबास नजिक रहेको बिनयी पक्की पुलको पूर्वतिरको भाग साँझ साढे ५ बजेतिर भाँचिन पुगेको छ । 
 
बुटवलबाट चितवन तर्फ जाँदै गरेको एनएल ओ १ एएच ५१६९ नम्वरको अत्यधिक मालवहाल ७४ चक्के टेलर गुडिरहेको अवस्थमा भाँचिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुल भाँचिदा भारतीय नम्वर प्लेटको ट्रक फसेको र मानवीय क्षति भने नभएको नवलपुर प्रहरीले जनाएको छ । 

पुल भाँचिएप्छि सयौं सवारीसाधन बाटोमै रोकिन पुगेका छन् । रोकिएका सवारीहरुलाई गन्तव्यमा पुर्याउन पौने सात बजेबाट बिनयी त्रिवेणी गाउँपालिका वडा नं २ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुँदै गुम्बाचोक निस्कने, ठुला सवारी साधन ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसी गेट निस्कने गरी वैकल्पिक बाटो प्रयोगगरी सवारी सञ्चालनमा ल्याउन प्रहरी जुटेको नवलपुरका एसपी यादव ढकालले बताएका छन् । 

यता नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार तीनवटा वैकल्पिक बाटोलाई प्रयोग गरी सवारी आवागमन गराउन थालिएको बताए ।

त्यस्तै भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेको बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ