arrow

दौडेर सबैभन्दा बढी फोहर सफा गर्नेलाई ५० हजार पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
bimala-ghimire-81-9-27.jpeg

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेकी छिन् ।

सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले आयोजना गरेको दौड प्रतियोगितामा बोल्दै उपाध्यक्ष घिमिरेले युवाहरुले सकारात्मक र रचनात्मक काम मार्फत इतिहास बनाउन आग्रह गरेका हुन् ।

‘हिजो हाम्रो पुस्ताले राजनैतिक परिर्वतनका लागि  नेतृत्वदायी भूमिका खेल्यो’, उनले भनिन्,  ‘आजको युवा  पुस्ताले  भोलिको नाति पुस्ताले गर्व गर्ने इतिहास निर्माण गर्न रचनात्मक काम गर्नु पर्दछ,  तपाईहरुले हल्लाका पछि लागेर भन्दा निरन्तर कर्ममा विश्वास गर्नुपर्दछ ।’

उपाध्यक्ष घिमिरेले लामो समयको संघर्षपछि  ल्याएको सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट मोडेल भएको चर्चा गर्दै यसको व्यवस्थापकीय पक्ष केही कमजोर भए पनि खराबीहरुलाई रोक्दै यही व्यवस्थालाई बलियो बनाउन अहिलेका युवाहरुले योगदान गर्नुपर्नेमा जोड दिइन् । 'अबको नव निर्माण र व्यवस्थालाई प्रभावकारी बनाउन तपाईहरुको महत्वपूर्ण योगदानको आवश्यकता छ', उनले भनिन् ।

भौतिक रुपमा शहर सफा गर्ने काम रचनात्मक र महत्वपूर्ण भएको बताउँदै देशभित्रका हरेक नागरिकको मन सफा हुनुपर्ने उनको जोड छ। अहिले काठमाडौँमा सरसफाइ नै सबैभन्दा चुनौतीको विषय बनेकोले यसको दीर्घकालीन समाधान खोज्न काठमाडौँ उपत्यका भित्रका सबै स्थानीय तह र तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने कुरामा उपाध्यक्ष घिमिरेको जोड थियो । 

फोहरलाई घर वा स्रोतबाट नै कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरेर ब्यवस्थापन गर्ने कुरामा ढिलाई गर्न नहुने उनको जोड रहेको छ।

मैनादेवी फाउण्डेसनको आयोजनामा भएको ट्रास कलेक्सन रेस २०२५ मा करिब ५ हजार युवाको सहभागिता रहेको थियो । 

उपाध्यक्ष घिमिरेले  दौडेर १ घण्टाभित्र सबैभन्दा बढी फोहर संकलन गर्ने पहिलो समूहलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५–१५ हजार पुरस्कार पनि वितरण गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ