arrow

आईतबार टेलिकमले फोर जी सेवाको उद्घाटन गर्ने

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले आईतबार फोरजी सेवाको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ । टेलिकमले शुक्रबार विज्ञप्ती जारी गर्दै आईतबार दिउँसो साढे १२ बजे सोल्टी होटलमा विशेष कार्यक्रमको आयोजना गरी फोर जी सेवाको उद्घाटन गर्न लागेको जनाएको हो ।

आईतबार आयोजना गरिएका एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिईन् ।

दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत पहिलो चरणमा नेपालका दुई मुख्य शहरमा फोर जी डाटा सर्भिस सञ्चालन गर्ने गरी योजना बनाएको भन्दै पुषको पहिलो या दोस्रो सातादेखि यसको औपचारिक सुरुवात गर्ने घोषणा टेलिकमले यस अघि नै गरेको थियो ।

तर, फोर जी कति स्पीडको हुने भन्ने विषय भने टेलिकमले सार्वजनिक गरेको छैन । सेवा सञ्चालनमा आएपछि मात्रै यो विषयमा जानकारी दिने टेलिकमले जनाएको छ । सामान्यतः फोर जी अपलोड ५० एमबीपीएस र डाउनलोड प्रतिसेकेन्ड १०० एमबीपीएसमा हुने टेलिकमले जनाएकाे छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ