arrow

पदाधिकारी बैठक स्थगित गरी प्रचण्ड सुकुटेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
prachanda-sukute-81-9-29.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सोमबारका लागि तय भएको पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् ।

सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए ।

 मंगलबार हुन गइरहेको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ।

प्रचण्ड मंगलबार फर्केपछि मात्र पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो । 

प्रचण्ड आफूलाई तनाव बढ्नासाथ सुकुटे जाने गर्दै आएका छन् । उनी यसअघि पटक पटक सुकुटे गएका छन् । 

सुकुटेबाट फर्केपछि उनले प्रायः ‘बोल्ड’ निर्णय गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ