काठमाडौँ । १० औँ योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सम्पन्न गरेको छ ।
सोही दिन समितिका देशका विभिन्न शाखा आश्रमहरूमा समेत योग शिविर सञ्चालन गरेको थियो ।
योग प्रशिक्षण शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले हाम्रा ऋषिमुनिले योगलाई विशेष प्राथमिकता दिएको बताउँदै हामीले पनि दैनिक योगको अभ्यास गर्नुपर्ने बताइन्।
भौतिक तथा आध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता रहेको बताउनु हुँदै योगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्याउने बताइन् ।