arrow

नेता कोइराला र मार्टिनबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
koirala-martin.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।

बेलायतको भ्रमणमा रहेका डा कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउन सुझाव दिएका थिए । 

नेता कोइरालाको निजी सचिवालयका अनुसार उनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए ।

तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा कोइरालालाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ