कांग्रेस नेता कोइराला र बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
731
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ ।
बेलायतको भ्रमणमा रहेका डा कोइरालाले आज बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।
कोइराला र क्लेभर्लीबीच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका छन् ।