arrow

रुखबाट खसेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
250px-Nawalpur_District.png

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा रुखबाट खसेर एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा हुप्सेकोट गाउँपालिका वडा नं ४ डिहीका ६० वर्षीय रमन राना मगर छन् ।

मगर थुम्कीदेवी सामुदायिक वनमा एक्लै घाँस काट्न गएका थिए । उनी घर फर्कन ढिला भएपछि उनका छोरा कुलबहादुर राना मगरले छिमेकीसहित खोजी गर्दा जंगलमा गम्भीर घाइते अवस्थामा फेला पारेका थिए ।

प्रहरीका अनुसार मगरको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उद्दार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ