arrow

सेनालाई हराउँदै क्रिकेटको स्वर्ण सशस्त्रको पोल्टामा

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
APF_Gold_medal_Cricket.jpeg
काठमाडौं। पुर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुद २०७२ मा पुरुष क्रिकेटको स्वर्ण सशस्त्र प्रहरी बलले जितेको छ। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४९ रनले पराजित गर्दै सशस्त्रले स्वरण हात पारेको हो। 
 
टस हारेर पहिले ब्याटीङ गरेको सशस्त्रले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १२१ रनको योगफल तयार पारेको थियो। उसकालागि कप्तान पारस खड्काले सार्वाधिक ३३ रन बनाएका थिए भने भुवन कार्कीले १२ बलमा २४ रन जोडेका थिए। 
 
सेनाका तर्फबाट सागर पुनले २ विकेट लिएका थिए भने चन्द्र साउदले ३ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको सेनाको टोली १७.४ ओभरमा ७२ रनमा समेटिएको थियो। उसकालागि नरेश बुढाएरले १७ रन बनाएका थिए भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। राजेश पुलामी र अनिल मण्डलले ९-९ रनको योगदान गरेका थिए। 
 
सशस्त्रका भुवन कार्कीले ४ विकेट लिएका थिए भने यज्ञमान कुमाल र शक्ती गौचनले २-२ विेकट लिएका थिए। 
 
त्यसैगरि नेपाल प्रहरीले मध्यामञ्चललाई ३३ रबले पराजित गर्दै काँस्य पदक प्राप्त गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ