arrow

सुदूरपश्चिममा एमाले छाडेर भीम रावलको पक्षमा लाग्ने बढे, झ्वाँकले हटायो छलाई एमालेले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
CPN-UML-Flag.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेबाट निष्काशित नेता डा भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ।

जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधान विपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए ।

जसअनुसार जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

यसअघि एमालेलेअनुशासन उल्लंघन गरेको भन्दै पूर्व उपाध्यक्ष रावललाई एमालेले हटाएको थियो । त्यसपछि एमाले छाड्नेको लहर बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ