arrow

काँग्रेस सिरहाको सभापतिमा सांसद यादव विजयी

प्यानल नै देउवा पक्षलाई, पौडेललाई झड्का

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
Congres.jpg.jpeg
लहान । नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गरेका हुन् ।  
 
सांसद यादवले ५६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिए । 
 
सभापतिमा विजयी भएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनका प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।  
 
गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो । 
 
यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत प्राप्त गरे । 
 
पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ