arrow

सोमबार सरकारले संशोधन विद्येयक संसदमा टेबुल गर्छ : प्रवक्ता भुषाल

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
Pampha-Bhusal.jpeg
काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सरकारले भोलिको व्यवस्थापिका संसदमा संविधान संशोधन विद्येयक टेबुल गर्ने बताएकी छन् ।
 
प्रवक्ता भुषालले संशोधन विद्येयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको समेत स्पष्ट पारिन् । आईतबार सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अगुवाईमा पुगेका सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताईन् । 
 
उनले प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दललाईपनि सहमतिमा ल्याएर अघि बढ्ने तयारीमा रहेको खुलासा गरिन् । 
त्यस्तै उनले सहमतीका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमती नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी दिईन् । उनका अनुसार सरकारले भोलि(सोमबार) बस्ने व्यवस्थापिका संसदमा जसरी पनि विधेयक अगाडि बढाउने तयारी गरेको छ।   
 
उनले भनिन्,‘प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ, त्यसैको लागि अहिले उहाँ आन्तरिक छलफलमा हुनुहुन्छ।’ उनले आफ्नो पार्टी प्रतिपक्षी दल र आन्दोलनकारी पक्ष दुवैलाई चिढ्याउने पक्षमा नभएको जिकिर गर्दै भनिन्,‘हिजो हामीले मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने हाम्रो चाहना हो।’ उनले सकेसम्म विषयवस्तुमा सहमति गर्ने त्यसो नभए प्रक्रियामा भएपनि सहमति गर्ने प्रधानमन्त्रीको चाहना रहेको खुलासा गरिन्।
 
उनले मधेशी मोर्चाले भनेजस्तो अब संशोधन विद्येयक फेरि फिर्ता लिएर परिमार्जन नहुने स्पष्ट पारिन् । भुषालले थपिन्,‘प्रस्ताव संसदमा दर्ता भैसकेको छ, अब यो फिर्ता गरेर परिमार्जन हुँदैन, यद्धपी प्रक्रियामा गएपछि यसको बारेमा छलफल हुन्छ।’उनले संशोधन विद्येयक दुई तिहाईले पारित हुने समेत दाबी गरिन्।
 
प्रमुख प्रतिपक्षी दलले त कुनै हालतमा प्रस्ताव पारित हुँदैन भनेको छ अनि कसरी दुई तिहाई पुग्छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्,‘विद्येयकको पक्षमा दुई तिहाई पुग्छ।’ एमाले तीन दशकदेखि संसदीय अभ्यास गर्दै आएको पार्टी भएकोले संसद सूचारु गराउनुपर्ने उनको भनाई थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ