arrow

नेपाल टेलिकमले सुरु गर्‍यो तीव्र गतिको इन्टरनेट 'फोरजी'

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
telecom-4g.jpeg
काठमाडौ । लामो समयदेखि चर्चामा रहेको  टेलिकम्यूनिकेसनको चौंथो पुस्ता फोरजी लङ ट्रम इभुलुसन (एलटिइ) नेपाल टेलिकमले पुस सत्र गते आइतवारबाट सुरु गरेको छ । काठमाडौ, भक्तपुर, ललितपुरको अधिकाशं सहरी क्षेत्रमा तथा पोखराको लेकसाइड र न्युरोडमा रहेका करिब ३ लाख पचास हजार जिएसएम पोष्टपेड मोवाइल कर्ताले यो सुबिधा प्रयोग गर्न सक्ने छन् । राजधानीमा आयोजित एक बिशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिकमको फोरजीसेवाको शुभारम्भ गरेका हुन् । 
 
फोरजीचल्ने अधिकाशं मोबाइलमा भने फोरजीचल्ने छैन् । पोष्टपेड प्रयोगकर्ताहरुले यो सुविधा लिनको लागि सुरुमा *444# डायल गर्नु पर्ने हुन्छ । हालका लागि यो सेवा पोष्टपेड प्रयोगकर्ताहरुका लागि मात्र भए पनि माघ २२ देखि प्रिपेड मोवाइलमा सेवा दिने तयारी गरेको टेलिकमले जनाएको छ । 
 
टेलिकमले काठमाडौ उपत्यकामा ३०८ वटा र पोखरामा २५ वटा टावर स्थापित गरिसकेको छ ।  फोरजीसेवा सुचारु गर्न ३.६ मिलियन अमेरिकी डलर खर्च गरेको जनाएको छ  । फोरजीप्रयोगर्ताले निक्कै दुर्त गतिमा इन्टरनेट ३२.४ मेघाबिट प्रति सेकेन्डको गतिमा डाउनलोड गर्न सकिने टेलिकममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन ।
 
टेलिकमले नेपालका सम्पुर्ण भू-भागमा फोरजी सेवा पुर्‍याउन गृहकार्य गरिरहेको जनाएको छ । विश्वका ३५० भन्दा बढी सेवा प्रदायकहरुले  फोरजी (एलटिइ) प्रबिधिको सेवा दिदै आएका छन् । 
 
नेपाल दुरसंचार प्राधिकरणले टेलिकमलाई २०७३ असोजमा फोरजी सेवा संचालन अनुमति दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ