arrow

टर्कीको रात्रिक्लबमा भएको नृशंस आक्रमणको सरकारले गर्‍यो निन्दा

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
Pararastra-Mantralaya.jpeg

काठमाडौँ । सरकारले टर्कीको इस्तानबुलस्थित रात्रि क्लबमा आज भएको नृशंस आक्रमण र त्यसमा परी धैरैको ज्यान गएकोमा कडा शब्दमा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकार र नेपाली जनताका तर्फबाट टर्की सरकार र त्यहाँका जनतामा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, विज्ञप्तिमा सरकारले आक्रमणमा मारिएकाहरुका परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ