arrow

चौधरी ग्रुपले भित्र्यायो मोटोरोला स्मार्टफोन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
motorola-cg-81-10-18-(17).jpg

काठमाडौँ । मोबाइल ब्रान्ड मोटोरोला अब नेपालमा आधिकारिक रूपमा चौधरी ग्रुप मार्फत प्रवेश गरेको छ । यसको घोषणा काठमाडौँको भिवान्ता होटल मा आयोजित विशेष कार्यक्रममार्फत गरिएको थियो । 

कार्यक्रममा भारतबाट आएका मोटोरोला नेतृत्व टोलीको उपस्थिति रहेको थियो, जसले नेपालमा ब्रान्डको औपचारिक आगमनलाई थप विशेष बनायो । 

नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न रोजाइ र बजेट अनुसारका स्मार्टफोन सार्वजनिक गरेको छ । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरू प्रस्तुत गरे ।

नेपालका लागि विशेष मूल्य - नेपाली बजारलाई ध्यानमा राख्दै उचित मूल्यमा प्रिमियम फिचरहरू प्रदान गरिने उनले बताए । 

मोटोरोलामा मोबाइलबारे यसो भन्छन् निर्वाण चौधरी–
सुलभ मूल्य - मोटोरोलाले उच्च-गुणस्तरका स्मार्टफोनहरुलाई सबैको पहुँचमा ल्याउन विभिन्न मूल्य वर्गका मोडेलहरु उपलब्ध गराएको छ ।
शुद्ध एन्ड्रोइड अनुभव - मोटोरोला स्मार्टफोनहरूमा कुनै ब्लोटवेयर नहुने, छिटो र सहज प्रयोग गर्न सकिने एन्ड्रोइडको अनुभव पाइन्छ ।
प्रभावशाली फिचरहरू - शक्तिशाली र्याम, ठूलो स्टोरेज र अग्रिम क्यामेरा फिचरले मोटोरोला स्मार्टफोनलाई उत्कृष्ट बनाउँछ, र त्यो पनि उत्कृष्ट मूल्यमा ।
मजबुत निर्माण - मोटोटोला स्मार्टफोन पानी प्रतिरोधी र बलियो डिजाइन सहित आउने भएकाले लामो समयसम्म टिकाउ हुन्छ ।
नवीन प्रविधि - फोल्ड गर्न मिल्ने डिस्प्ले (मोटो रेजार सिरिज) देखि तत्कालिक प्रविधिसम्म, मोटोरोलाले सधैं नयाँ प्रविधि ल्याउँदै आएको छ ।
 

motorola-cg-81-10-18 (1).jpg
motorola-cg-81-10-18 (2).jpg
motorola-cg-81-10-18 (3).jpg
motorola-cg-81-10-18 (4).jpg
motorola-cg-81-10-18 (5).jpg
motorola-cg-81-10-18 (6).jpg
motorola-cg-81-10-18 (7).jpg
motorola-cg-81-10-18 (8).jpg
motorola-cg-81-10-18 (9).jpg
motorola-cg-81-10-18 (10).jpg
motorola-cg-81-10-18 (11).jpg
motorola-cg-81-10-18 (12).jpg
motorola-cg-81-10-18 (13).jpg
motorola-cg-81-10-18 (14).jpg
motorola-cg-81-10-18 (15).jpg
motorola-cg-81-10-18 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ