arrow

नेपाली चेली भारतको कोठीमा लगेर बेच्ने २३ वर्षपछि घरैबाट पक्राउ

५०–५० हजारमा बेचिएका थिए दुई युवती

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
pakrau-after-23-years.jpeg

काठमाडौं । नेपाली चेलीलाई भारतका कोठीमा लगेर बेच्ने  फरार अभियुक्त  २३ वर्षपछि पक्राउ परेका छन् । अपत्यारिलो ढंगले गाउँमा प्रतिष्ठित व्यक्तिको हैसियत बनाएर बसिरहेकै अवस्थामा ल्वाङ्ग लामा २३ वर्ष पछि पक्राउ परेका हुन् ।

मकवानपुरको पदमपोखरी १ बस्ने लामालाई प्रहरी अनुसन्धान व्यूरोको टोलीले २३ वर्षअघिको घटनालाई आधार बनाएर पक्राउ गरेको हो । अनुसन्धान व्यूरोका प्रहरी नायव उपरीक्षक डीएसपी कमल थापाका अनुसार आइतबार विहान घरबाटै पक्राउ परेका लामालाई कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाएइको छ ।  

पुनरावेदन अदालत पाटनले २०५८ असोज १७ गते गरेको फैसलाले लामालाई ५ वर्ष कैद हुने ठहर गरेको थियो ।  उनी फरार रहेका थिए । लामासहित गोपाल स्याङताङ र तितुङ तामाङसमेत मिलेर दुई जना नेपाली युवतीलाई २०५० साल भदौमा भारतमा लगेर बिक्री गरेको भन्दै प्रहरीले लमालाई  खोजीको सूचीमा राखेको थियो ।

ललितपुरको कुपण्डोलस्थित गलैचा कारखानामा काम गर्ने गोपाल स्याङ्तानले  कारखानामा काम गर्ने दुई युवती मध्ये एकलाई विवाह गर्छु भनी झुक्याएका थिए ।  दुवै युवतीलाई साथ लगाई गोपाल, ज्ञानु भन्ने तितुङ् तामाङ र भोटे लामा भन्ने ल्वाङ् लामा समेत गरी तीन जनाले बस चढाई भारत लगेका र भारतको बम्बैस्थित बेश्यालयमा पुर्‍याई ५०–५० हजार भारतीय रुपैयाँमा बिक्रि गरेका प्रहरीको  ठहर छ ।

युवतीलाई भारतमा लगेर बिक्री गरेको आरोपमा तत्कालीन पुनरावेदन अदालत पाटनले ल्वाङ्ग लामालाई समेत दोषी ठहर गरेको थियो । प्रहरीका अनुसार युवती बिक्रिपछि लामाले ५० हजार र अन्य दुईजनाले ५० हजार बाटो खर्च भन्दै लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ