arrow

सर्वोच्चमा संविधान संशोधन विधेयक राेक्न परेकाे रिटमाथि बहस सुरु

शम्भु थापासहितका अधिवक्ताले भने– संशोधन विधेयक संविधान विपरीत

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
Supreme-Court-Nepal.jpeg

काठमाडौँ  । सर्वोच्च अदालतमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दैै दायर गरिएको रिट सम्बन्धमा आइतबारबाट बहस सुरु भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको बेञ्चमा बहस सुरु भएको हो ।

निवेदक अधिवक्ता टीकाध्वज खड्काको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायत बहस गरे । उनीहरुले संविधानमा सीमाङ्कनको निर्णय गर्ने अधिकार प्रदेशलाई रहेकाले प्रदेशको सहमति वेगर  सीमाङ्कन गर्न नपाइने भएकाले संविधान संशोधनको विधेयक संविधान विपरीत भएको उल्लेख गरे ।

अधिवक्ता खड्काले मङ्सिर १५ गते र पूर्वसांसद मञ्चका तर्फबाट पूर्वसांसद विष्णुबहादुर राउतसहित पाँच जनालेसंविधान संशोधन गर्ने र सीमा हेरफेर गर्ने अधिकार व्यवस्थापिका–संसद्लाई नभएको भन्दै गत मङ्सिर १६ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले गत मङ्सिर २३ गते कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेश जारी गर्नुपर्ने–नपर्ने विषयमा आइतबार छलफल बोलाएको थियो । सरकारको तर्फबाट सोमबार बहस हुनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ