arrow

प्रचण्ड–ओली गोप्य वार्ताः संविधान संशोधन प्रस्ताव अघि बढाउन सघाउन प्रचण्डको आग्रह

ओली भन्छन् –देशहित विपरित छ सकिंदैन

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
oli-dahal-bhet-baluwa-@@.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेका छन् । 
 
प्रधानमन्त्रीले सोमबार सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी रहेको भन्दै संसद् अवरोध हटाउन ओलीलाई आग्रह गरेका हुन् ।  
 
जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै आफूहरुको सहयोग हुने जवाफ दिए ।
 
गोप्य राखिएको सो भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले एक्लाएक्लै लामो समय वार्ता भएको बताइएको छ । 
 
वार्तामा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिकनजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसदमा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बताइन्छ । 
 
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको निजी सचिवालयले भेट भएको स्वीकार गरे पनि त्यसबारे खुलाउन चाहेन । सरकारले संविधान संसोधन प्रक्रिया अगाडि बढाएपछि एमालेसहित आठ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ