arrow

वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
damodar-khadka-nyay-parisad-sadasya.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन् । नेपालको संविधान बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन् । 

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

खड्काले आइतबार नै बारले न्याय परिषद्को सदस्य पदको लागि सर्वसम्मत सिफारिस गरेकोमा धन्यवाद दिएका थिए । उनले बार अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे तथा पदाधिकारीहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए । 

उनले आइतबार संसदीय सुनुवाई समितिका सभापति एवं सांसदहरुलेसमेत सर्वसम्मत अनुमोदन गरेकोमा उनीहरुलाई पनि धन्यवाद दिएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ