arrow

जिप दुुर्घटना हुुँदा चार घाइते, दुईको स्थिति गभ्मीर, जिप ५०० मिटर तल खस्यो

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
accident-final.jpeg
रुकुम । रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन् । रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 
 
दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय देवराज शाही, स्यालापाखा–३ का २५ वर्षीय अविषेक शाही र मुसिकोट नगरपालिका–५ का २० वर्षीय डायमण्ड शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए । 
 
घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार बिहान नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा राजेन्द्र जिसीले बताए । 
 
घाइतेमध्ये अविषेक र तिलविरको अवस्था गम्भीर रहेको बताइएको छ । 
 
जिप सडकबाट करिब ५०० मिटर तल सानोभेरी नदीमा पुगेको भए पनि मानिस बीचमै खसेपछि बाँचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 
 
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रजालीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ