arrow

सिरहाको लहानमा आगलागी, तीन पशु जलेरै मरे

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
fire.jpeg
लहान । सिरहाको लहानमा आइतबार राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । 
 
राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर घाइते भएका छन् । 
 
सो आगलागीबाट करिब रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 
 
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ