सहमति नभए तत्काल संशोधन विधेयक अघि नबढ्ने

मुडभेडको स्थितिमा अघि नबढ्ने कुरा भा हो : नारायणकाजी

प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
तस्वीर : प्रधानमन्त्री दाहालको सचिवालय

काठमाडौं । सत्तारुढ सदलहरुले संसदको कार्यसूचीमा रहेको संविधान संशोधन विधेयक सहमति नभइ अघि नबढाउने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा प्रमुख तीन दलको बैठकमा सहमतिमै अघि बढ्ने समझदारी भएको छ ।

सत्ताधारी माओवादी केन्द्र र कांग्रेसले सोमबारकै संसद बैठकमा संशोधन विधेयक टेबल गर्ने तयारी गरेका थिए । यद्यपि, प्रमुख विपक्षी एमालेसँग सहमतिका लागि छलफल भइरहेकाले विधेयक बलपूर्वक टेबल नगर्ने बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठले भने, ‘विधेयक अगाडि नबढाउने भनेको होइन । मुठभेडको स्थितिमा अघि नबढ्ने भनिएको हो । प्रयास जारी छ । सहमति नजुटे तत्काल अघि बढ्दैन ।’ तनावको स्थिति सृजना नहोस् भन्ने निष्कर्षमा हामी पुगेका छौं ।

सरकारले प्रस्तावित ७ प्रदेशको  सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखिसकेको छ । एमालेसहित विपक्षी ९ दलले दर्ता भएकै भोलिपल्ट देखि विरोध गरेकामा अहिले सम्म ९ पटक संसद बैठक अवरुद्ध पारिसकेका छन् ।

सत्ताधारी दुई ठूला दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संशोधन विधेयक अघि बढाउने सहमति भएपछि संशोधन अघि बढाउने तयारी थियो ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ