arrow

संविधान संशोधन गरेर अघि बढ्नु नै उत्तम : शेखर कोइराला

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौँ ।  काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तरक्रियामा बोल्दै कोइरालाले सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

कोइरालाले एमालेलाई बाहिर राखेर संविधान संशोधन गर्न नमिल्ने बताउँदै भने, ‘एमालेले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने तर संसद् अवरुद्ध गर्नु ठीक काम होइन ।’ नेता कोइरालाले हतारमा संविधान घोषणा हुँदा मुलुकमा समस्या उत्पन्न भएको भन्दै सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र मुलुकले निकास पाउने बताए ।

२०७४ माघ ७ गतेसम्म तीनवटै निकायको निर्वाचन गर्न सम्भव भएको बताउँदै यसका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताए । काँग्रेस नेता शोभाकर पराजुलीले काँग्रेसले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र विपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

पत्रकार हरिहर विरहीले संविधानमा उल्लेख भएका कुरालाई मान्दै संविधान संशोधन गरी सबैको भावनालाई समेटेर अगाडि बढे मुलुकले निकास पाउने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ