arrow

सर्वोच्चमा दुई न्यायाधीश सिफारिस

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
Supreme-Court-Nepal.jpeg

काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । परिषदको सोमबार बसेको बैठकले नियुक्तिका लागि सिफारिस गरेको हो ।
 
बैठकले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र वीरगन्ज उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए । यसअघि, सर्वोच्चले ११ न्यायाधीश नियुक्त गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ