arrow

एमालेसहित विपक्षीको शक्ति प्रदर्शनका यस्ता छन् नारा

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
UML-new-aa.jpeg

काठमाडौं । एमालेसहित विपक्षी ९ राजनीतिक दलले आगामी शुक्रबार  राजधानीमा गर्ने जनप्रदर्शनको मूल नारा तय गरेका छन् । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमाले सचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको मूल व्यवस्थापन उपसमिति बैठकले जनप्रदर्शनका तयारीबारे समीक्षा गर्दै नारा तय गरेको हो ।

बैठकले ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनका विरुद्ध राष्ट्रिय एकता’’  संविधान कार्यान्वयन र  निर्वाचनका लागि हाम्रो प्रतिवद्धता’’ भन्ने मूल नारा तय गरेको छ । बैठकले पार्टीका सबै संगठनहरुले यही नारालाई आधिकारीक नारा बनाएर ब्यानरहरु बनाउनसमेत निर्देशन दिएको छ ।

(१)     संविधान संशोधन विधेयक खारेज गर,

          निर्वाचनको मिति घोषणा गर †

(२)     संविधानमाथिको प्रतिघात,

         संशोधनमार्फत् राष्ट्रघात †

(३)     विखण्डनवाद मूर्दावाद,

         जनताको एकता जिन्दावाद †

(४)     तराई–पहाड एउटै ज्यान

          नेपाली हाम्रो पहिचान †

(५)     राष्ट्रिय स्वाभीमान–जिन्दावाद,

          लम्पसारवाद – मूर्दावाद †

(६)     वाह्य हस्तक्षेप बन्द गर †

(७)     के शहर के गाउ“

          राष्ट्रिय शक्ति एकै ठाउ“ †

(८)     सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद †

(९)      हत्या हिंसा आतंक बन्द गर,

           शान्ति सुरक्षा कायम गर †

(१०)    हिमाल पहाड तराई– कोही छैन पराई †

(११)    आदरणीय शहीदहरु –अमर रहून् †



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ