arrow

काउन्सिलले दियो चार जनालाई छात्रवृत्ति

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
press-council.jpg.jpeg
काठमाडौं । प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रमकाबीच काउन्सिलका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही २५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् ।
 
सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने धारणा राखे ।
 
अनलाइन मिडियामा आचारसंहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गरि  छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन् । कार्यक्रममा शोधार्थीहरुले आ–आफ्नो शोधपत्रको बारेमा प्रस्तुति गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ