arrow

भारत उत्तराखण्डमा जिप दुर्घटना, एकै परिवारका चार नेपालीको मृत्यु

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
accident-naya-nn.jpeg

बैतडी ।  भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित ६ जनाको मृत्यु भएको छ । बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नातिको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
दुर्घटनामा साउद परिवारकै चार सदस्य घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका थिए ।

भारतको उत्तराखण्डअन्तर्गत लुहाघाटबाट सुगरखालतर्फ आइरहेको जिप आइतबार अपराह्न मणिलेक नजिकै दुर्घटनामा परे पनि सोमबार मात्रै खबर आएको हो । दुर्घटनामा दुई भारतीयको पनि मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ