arrow

प्रयागराज महाकुम्भमा पूर्णिमामा दुई करोडले गरे स्नान, पुगे ४८ करोड २५ लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
prayagraj-mahakumbha-25-2-1.jpg

काठमाडौँ । भारतको प्रयागराज (उत्तर प्रदेशको पूर्वी भागमा अवस्थित तीर्थस्थलहरुको राजा भनेर चिनिने धर्मराज) मा हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो महाकुम्भ जारी रहेको छ । 

गत पुस २९ गते (१३ जनवरी) देखि शुरु भएको यो महाकुम्भ महाशिवरात्रीका दिन फागुन १४ गते सम्पन्न हुँदैछ । 

सो क्रममा बुधबार माघ पूर्णिमाको दिन संगममा दुई करोड भन्दा बढीले डुबकी लगाएका छन् । संगमबाट १५ किलोमिटरसम्म चारैतिर श्रद्धालुको भीड रहेको थियो । 

साँझ ६ बजेसम्म २ करोडले स्थान गरेको प्रशासनले जनाएको छ । भीड निकै बढेका कारण बिहीबारदेखि शनिबारसम्म प्रयागराजमा ८ कक्षासम्म पढ्ने विद्यार्थीलाई छुट्टी दिइएको छ । पढाइ अनलाइन हुनेसमेत जनाइएको छ । 

श्रद्धालुलाई हेलिकप्टरबाट २५ क्विन्टल फूल बर्साइएको छ । काटजू रोडमा मस्जिद भन्दा जुटेका मुस्लिम नमाजीहरुले श्रद्धालुलाई फूल बाँडेका छन् । उनीहरुले श्रद्धालुमाथि फूलसमेत बर्साएका छन् । 

बुधबार महाकुम्भमा कल्पवास पनि सकिएको छ । संगममा स्नान गरेपछि १० लाख कल्पवासी त्यहाँबाट बिदा भएका छन् । 

अहिलेसम्म ४८ करोड २५ लाख श्रद्धालुले महाकुम्भमा स्नान गरेको जनाइएको छ । आगामी फागुन १४ गते २६ फेब्रुअरीसम्म अन्तिम स्नान हुनेछ । 

मुख्यमन्त्री योगी आदित्यनाथका सल्लाहकार अवनीशकुमार अवस्थीका अनुसार सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र मुख्यमन्त्री योगीको व्यवस्थाका आधारमा २५ करोड भन्दा बढीले सहभागीता जनाएका थिए । 

यसपटक पलपल योगीले निगरानी गरिरहेका छन् । अप्रिय घटना नहोस् भने सुरक्षा निकाय तम्तयार रहेको छ । 

अवस्थीले यसपालि डेढ महिने महाकुम्भमा ५० करोड भन्दा बढीले सहभागीता जनाउने दाबी गरेका थिए । तर त्यो भन्दा कयौँ बढीले स्नान गर्ने पक्का भएको छ । 

हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेला यसपालि प्रयागराजमा सबैभन्दा ठूलो महाकुम्भ आयोजना भइरहेको हो । 

यो महाकुम्भ मेला १२४ वर्षपछि भइरहेको हो । यो अहिलेसम्मकै ठूलो मेला भएको छ ।

हिन्दू धार्मिक तथा पौराणिक ग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनिएको छ । त्यसैले कुम्भमेलामा लाखौं भक्तजन आफ्नो विवेक शुद्ध गर्न यस पवित्र स्थानमा स्नान गर्न आउँछन् । 

महाकुम्भमा विश्वभरका साधु तथा भक्तजनहरुले आस्थाको डुबकी लिने गर्दछन् । कुम्भ मेलामा शाही स्नानको विशेष महत्व हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ