arrow

प्रयागराज महाकुम्भको समापन हुँदै

प्रयागराज महाकुम्भमा ६६ करोडले लगाए डुबकी 

विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुख महाकुम्भमा, नेपालका ५० लाखले गरे स्नान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
prayagraj-25-1-13t.jpg

काठमाडौैँ । भारतको प्रयागराज महाकुम्भमा ६६ करोड दर्शनार्थीले डृुबकी लगाएका छन् । पुस २९ गतेदेखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६६ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले जनाएका छन् । 

उनले ४४ औँ दिनसम्म ६५ करोडले डुबकी लगाएकामा आज अन्तिम दिन मध्यान्हसम्म एक करोडले डुबकी लगाएकाले ६६ करोड भन्दा बढीले डुबकी लगाएको जनाएका हुन् । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ ।

भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । संसारको कुनै पनि स्थानमा यति धेरै संख्यामा मानिसहरूले स्नान गरेका छैनन् । ६६ करोडभन्दा बढी श्रद्धालुले सनातन आस्थाको डुबकी लगाएर धार्मिक र सांस्कृतिक एकताको अद्वितीय सन्देश दिएका छन् ।

अमेरिकाको जनसंख्याभन्दा दुई गुणा, पाकिस्तानको जनसंख्याको अढाई गुना र रूसको जनसंख्याको चार गुणाभन्दा बढी श्रद्धालुले डुबकी लगाएका छन् । 

विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिसस लगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ