संविधान संशोधन प्रस्ताव प्रतिकूल अदालतको फैसला भएको एमालेको ठहर

प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
फाईल तस्विर ।
भक्तपुर । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको सोमबारको निर्णय स्वागतयोग्य भएको जनाएको छ । 
 
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । संविधान संशोधन प्रस्ताव प्रतिकूल हुने गरी अदालतले फैसला गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जिकिर गर्नुभयो 
 
उहाँले भन्नुभयो – “सीमाङ्कनबाहेक सबै विषय संसद्को अधिकारमा पर्ने भएकाले सत्तारुढ दललाई संशोधन विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ ।” बैठकले सीमाङ्कनको हेरफेरसम्बन्धी विषय प्रदेशसभाको विषय भएकाले प्रदेशसभाले निर्णय नगरी सीमाङ्कनको निर्णय संसद्ले गर्न नमिल्ने निर्णय गरेको पनि गौतमले बताउनुभयो । 
 
नेता गौतमले भन्नुभयो, “सरकारले पहाड र मधेस अलग गरी देशलाई बर्बाद गर्नेखालको प्रस्ताव ल्याएकाले संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय भएको छ ।” उहाँले संशोधन प्रस्ताव दर्ता गर्ने दल र सरकारले तराई र पहाडलाई अलग गर्नुपर्ने कारणको जवाफ दिनुपर्नेमा जोड दिनुभयो । 
 
यही पुस २२ गतेको जनप्रदर्शनलाई सशक्त, व्यवस्थित र मर्यादित बनाउने विषयमा समेत बैठकमा छलफल गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको सहभागिता थियो । रासस
 
नयाँ