arrow

सीमाङ्कनको बुँदा हटाइए विपक्षीले संशोधन विधेयक अघि बढ्न दिने

विधेयक फेल गराउन भगिरथ प्रयासमा एमाले, के भन्छन् टोपबहादुर र चन्द्र भण्डारी ?

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
parliament.jpeg

काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध रहेका विपक्षी र सत्तारुढ दलकै नेताहरुले सीमाङ्कनको बुँदा हटाए विधेयक अघि बढ्न दिने  बताएका छन् । प्रमुख विपक्षी एमालेले अदालती आदेशको सम्मान गर्दै संसदको अवरोध खोल्ने बताएको छ । मंगलबार विहान अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले सत्ताबाहिर र सत्तामै रहेका राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि आफैतर्फ तानेर संशोधन विधेयक फेल गराउने रणनीति सुनाएका छन् ।

एमालेले सीमाङ्कनको बुँदा फिर्ता गरिए सदनमा छलफल हुन दिने बताइसकेको छ । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘संसदको अवरोध खोल्ने भनेका छौं । सरकार कसरी प्रस्तुत हुन्छ । त्यही आधारमा हामी अघि बढ्छौं ।’ तपाईहरुको मद्दा सकियो, घुँडा टेक्नु भो हैन ? जवाफमा उनले भने, ‘हाम्रो मुद्दा सकिएकै छैन । २२ गते विशाल जनप्रदर्शन हुँदैछ । सर्वोच्चले संविधान अनुसार अघि बढ्नुस् भनेर स्पष्ट भनिसकेको छ । सीमाङ्कनको विषय हटाइएन भने यो सरकार नै दुर्घटनामा पर्न सक्छ ।’ भनेको सरकार फेर्ने खेलमा लाग्नु भा हो ? उनले भने, ‘एमालेलाई सरकारको कुनै रुचि छैन । यसमा लडाई छैन । एमालेले निर्वाचन र संविधान कार्यान्वयनमा रुचि छ ।’

संविधान संशोधनको विधेयकमा रहेको सीमाङ्कनको बुँदा हटाएपनि आफुहरु विधेयकको विपक्षमै मतदान गर्ने र विधेयक फेल हुने ज्ञवालीले बताए । यद्यपि, अबको संसद बैठक चल्न दिनेमा एमाले सकारात्मक रहेको उनले बताएका छन् । संविधान संशोधन विधेयकप्रति आपत्ति जनाउँदै आएका सत्ताधारी मओवादीकै संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले समेत सीमाङ्कनको बुँदा हटाइए सोच्न सकिने बताएका छन् ।

रायमाझले सदन चलेपनि संशोधनको विपक्षमा मतदान गर्ने बनाउँदै आएका छन् । दुई तिहाईले पारित भएको संविधानको प्रावधान विपरीत विधेयक नै ल्याउन नहुने अडान राख्दै आएका कांग्रेस नेता चन्द्र भण्डारीले सीमाङ्कनको विषय पहिले नै आउन नहुने बताए । उनले भने, ‘अब सहमतिमै संविधान अनुरुप अघि बढ्नुको विकल्प छैन । संशोधन भन्दा पनि निर्वाचन गर्नेतिर छलफल केन्द्रित हुनु पर्छ ।’ ५ वर्ष भित्रमा देश नै सिध्याउने संशोधन विधेयक छलफलमा आएपनि पास नहुने भण्डारीको भनाई छ ।

उनले भने, ‘सीमाङ्ककनको विषयमा यो संसदलाई बोल्ने अधिकार नै छैन । संविधानको आफु अनुकुल व्याख्या गरेकै कारण सर्वोच्चको व्यस्तता बढेको हो । अझ यस्तै दोहोरो अर्थ लाग्ने शब्दहरु खोज्दै बहस गर्दै गए सर्वोच्चले शब्द–शब्दको व्याख्या गर्नु पर्ने छ ।’ मैले पहिले नै हाउसमा भनेका थिए । आफु अनुकुल व्याख्या नगरौं, भण्डारीले थपे, ‘अब पनि त्यस्तै गरिन्छ भने दुर्भाग्य हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ