arrow

वन अधिकृतनै तस्कर

कैलालीको चुरेक्षेत्रमा बन फडानी तिब्र

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७३ पुष १९ मंगलबार
kailali-ban.jpeg
 कैलाली ।  कैलालमा रहेको चुरेक्षेत्रमा बन फडानी तिब्र हुन थालेको छ । दिन दहाडै हरीया रुख चुरे क्षेत्र बाट धमाधम कटानी भैरहेको भएपनी सम्बनधीत निकाय भने मौन रहेको छ । जिल्ला बन कार्यालय कैलालीका जिल्ला बन अधिकृत रमेश बहादुर चन्दको मिलेमत्तोमा नै बन तस्कर र माफिया हरुले तस्करी गरीरहेको स्रोतले बताएको छ ।
 
 चुरेक्षेत्र संग जोडिएका सुगरखालको कालिका सामुदायिक बनमा समेत हरीया रुख दिदहाडै काटीन थालेपनी संम्बन्धीत निकायले भने सुने नसुने झै गर्ने गरेको स्थानीयको आरोप छ । जिल्ला बन अधिकृतको रुपमा रमेश बहादुर चन्द सरुवा भएर कैलाली आयपछि वन अतिक्रमण तत्काल हटाउने सार्बजनीक रुपमै प्रतिबद्धता गरेको भएपनी उल्टै बन तस्करले संरक्षण पाएको उपभोक्ताको गुनासो छ ।
 
 जिल्लामा भैरहेको वन अतिक्रमण, तस्करी नियन्त्रण गर्नुको साटो जिल्ला वन अधिकृतकै मिलेमतोमा तस्करले संरक्षण पाएको भन्दै उपभोक्ता समेत आक्रोसित भएका छन ।  जिल्ला वनमा चन्द प्रमुखको रुपमा सरुवा भएर आएपछि बन तस्करी झनै बढेको लम्कीचुहा १२ का ललित देउवाले गुनासो गरे ।
 
 जिल्ला बन अधिकृत चन्द राजनीतिक आडका कारण  तस्कर र ठेकेदार संगको मिलेमत्तोमा वन अतिक्रमण लाई बढावा दिई रहेको उपभोक्ताको गुनासो छ । जिल्लाको सुगरखाल, ढक्कने, बचैला, रानीवन, पथ्थरगढ, निगाली क्षेत्रमा हरीया रुख फडानी तिब्र गतिमा भैरहेको स्थानियको गुनासो छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ