arrow

म्याक्सबास वन अब इसेवामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
maxbass-one.jpg

काठमाडौँ । नेपाली अडियो ब्राण्ड म्याक्सबासले आफ्नो पहिलो उत्पादन, म्याक्सबास वन वायरलेस इयरबड्स बजारमा ल्याएको छ । लिसन लाइक नेभर विफोर भन्ने नाराका साथ शुरु भएको उक्त ब्राण्डद्वारा उत्पादित म्याक्सबास वन वायरलेस इयर बड्समा एकदमै राम्रो आवाज सुनिने कम्पनीको दाबी छ । 

नयाँ फिचरहरूले उपभोक्ताको ध्यान आकर्षण गरेको पनि कम्पनीले दाबी गरेको छ । म्याक्सबास वन वायरलेस इयरबड्समा बाहिरको आवाजलाई कम गर्न ४० डिबीसम्मको एक्टिभ नइज क्यान्सिलिङ,  त्यसैगरी चारवटा माइक्रोफोनका साथै एआई कल नइज क्यान्सिलिङ एकदमै स्पष्ट आवाजको लागि १३ एमएम डाइनामिक ड्राइभर जस्ता अद्भूत फिचर रहेको छ ।  

यो इयरबड्स एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म चलाउन सकिने र पावर डिस्प्लेसमेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिने पनि कम्पनीको दाबी छ । 

यस इयरबडलाई पानीले पनि नबिग्रिने गरी (आईपी५४ वाटर–रेसिस्टेन्ट डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिने बताइएको छ ।  
यो म्याक्सबास वन वायरलेस इयरबड्स गेम खेल्ने र संगीतप्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ । साथै यसमा भएको टच कन्ट्रोलको सहायताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको कम्पनीले बताएको छ । 

यसको बजारको  मूल्य ३,५०० रुपैयाँ भए पनि अहिले विशेष अफरमा ग्राहकले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्ने पनि कम्पनीले बताएको छ । 

उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ । 

अब यो सुमधुरताको अनुभव लिन नेपालमा डिजिटल भुक्तानीको शुरूआत गरेको इसेवाबाट सुपथ मूल्यमा म्याक्सबास वन वायरलेस इयरबड्स खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

त्यस्तै अनलाइन मार्फत दराजमा समेत विशेष अफरको साथ उपलब्ध रहेको बताउँदै कम्पनीले वेबसाइटबाट पनि खरिद गर्न सक्ने बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ