arrow

विधेयकलाई थाती राखेर नयाँ ढंगले छलफल गरिनुपर्छ : थापा

हिन्दु धर्मको स्थापनाका लागि सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने चेतावनी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ पुष १९ मंगलबार
Media-nepal.jpeg
 कञ्चनपुर । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा अगाडि बढाएको विधेयकलाई यथास्थितिमा राखेर नयाँ ढंगले छलफल गरिनुपर्ने कुरा बताएका छन् । पार्टी एकतापछि  राप्रपा पार्टी सशक्त बनेको बताउदै राप्रपालाई वाईपास गरेर गरिने कुनै पनि निर्णय दिर्घकालिन नहुने उनको भनाई छ । 
 
महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । अध्यक्ष थापाले भने –‘सरकारले जनभावनालाई बुझेर स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्छ ।’ आउँदो माघसम्म तीनै तहको निर्वाचनको तालिका निकाल्ने नसके  संविधान कार्यान्वयनमा समेत अवरोध सिर्जना हुने भन्दै अध्यक्ष थापाले ३ दलीय सिण्डिकेट प्रथा अन्त्य गरी नयाँ ढंगले विधेयक अगाडि बढाउन आग्रह गरे। प्रमुख ३ दलको खिचातानिले संविधान कार्यान्वयनमा बाधा आएकोप्रति चिन्ता व्यक्त गर्दै सबैको सहमतिमा आन्दोलनरत पक्षका मागलाई सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए ।
 
आफ्नो पार्टीले हिन्दु धर्मको वकालत गर्दै आएको र त्यसलाई संस्थागत गर्न सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । ‘प्रजातन्त्र बलियो बनाउका लागि ३ दलीय सिण्डिकेट अन्त्य गर्नुपर्छ ।’ उनले भने ‘निर्वाचन गराउने कुरामा सबै दलको सहमति रहेको अबस्थामा तीन दलको सिण्डिकेटको अन्त्य गरी समझदारीका आधारमा निर्वानमा जानुपर्छ  । ३ दलीय खिचातानी नै वर्तमान असमझदारीको जरो भएकाले प्रजातान्त्रिक पद्धतीबाट सबै दलसँग परामर्श गरी यसको निकास निकालिनुपर्नेमा उनले जोड दिए । 
 
यसैगरी फरक मान्यताका बावजुत पनि राप्रपाले रचनात्मक भूमिका निर्वाह गरेको बताए । राष्ट्रिय अखण्डता, हिन्दु राष्ट्र हाम्रो मुख्य एजेन्डा भएपनि संविधानको स्थायित्व र सम्बृद्धिका लागि आफुहरुले रचनात्मक भूमिका निर्वाह गरी संविधानको कार्यान्वयनमा लागिरहेको बताए ।  
 
परिर्वतनलाई संस्थागत गर्ने नाममा दलहरुले हिन्दुराष्ट्रको पहिचान समाप्त पारेर धर्मनिरपेक्षता लादेको भन्दै हिन्दुराष्ट्र पूर्नस्थापनाका लागि दुई राप्रपा एक भएको समेत उनले बताए । ‘जनताको भावनाको कदर नै नगरी धर्मनिरपेक्ष राज्य घोषणा गरिनु दुःखद हो । उनले भने धर्मनिरपेक्षता नेपाली जनताको भावना होईन, नेपालमा ८१ प्रतिशत भन्दा बढी हिन्दुहरु बसोबास गर्ने भएकाले नेपाल हिन्दुराज्य हुनपर्छ भन्ने हाम्रो धारणा हो ।  धर्मनिरपेक्षताको आडमा नेपाली जनतालाई जबरजस्ती धर्म परिर्वतन गराउने भन्दै ध र्मान्तरणको बिरुद्धमा समेत राप्रपाले अभियान चलाउने थापाले बताए ।  
 
मुलकुको वर्तमान अवस्थाले नै दुई राप्रपाबीच एकिकरण गरिएको हो । ‘यो मुलुकलाई परिवर्तनको विकल्प दिन हाम्रो एकता अपरिहार्य थियो थापाको भनाई छ ।’ उनले भने–‘मुलुकलाई परिवर्तन गर्न राप्रपालाई नेपाली जनताले बढी भन्दा बढी मत दिएर बलियो बनाउनुपर्नेमा उनले जोड दिए । हामी सत्तामा पुगे भने १० वर्षभित्र ३० लाखलाई रोजगारी दिने र १८ वर्षदेखि ४० वर्ष उमेरका ६० प्रतिशत नेपाली युवाहरु विदेशमा रहेकाले सो को अनुपात घटाउने समेत दावी गरे । राष्ट्रिय अखण्डता, हिन्दु राष्ट्र र प्रजातन्त्रलाई संस्थागत गर्न राप्रपा नेपालले देशैभरी अभियान थालेको समेत बताए ।
 
सुदूरपश्चिमाञ्चल स्तरीय आमसभा र क्षेत्रिय बैठक सम्बोधन गर्नका लागि थापा १७ गते कञ्चनपुर आई पुगेका हुन् । कार्यक्रममा राष्ट्रिय अध्यक्ष पशुपति समशेर जवरा लगायत डा.प्रकाश चन्द्र लोहनी, सुनिल थापाको समेत उपस्थिति रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ