arrow

एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित हुने देउवाको दावी

“परिमार्जन हुँदैन जस्ताको तस्तै पारित हुन्छ”

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
deuwa-2.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै समर्थनमा ब्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संसोधन विद्येयक पारित हुने दावी गरेका छन् । पत्रकार ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने,‘संसदको गतिरोध खुलेर एमालेकै सहमतिमा संसोधन विद्येयक पारित हुन्छ, मलाई बिश्वास छ, एमालेले पनि संशोधन प्रस्तावमा भोट हाल्छ, ढुक्क हुनोस् संविधान संशोधन विधेयक पारित हुन्छ, त्यो पनि एमालेकै समर्थनमा पारित गर्छौँ ।’
 
सभापति देउवाले भने,‘अहिले संसदमा पेश गरेकै बिद्येयक पारित हुन्छ, जस्तो हामीले पेश गरेका छौँ, त्यसमा तलमाथि हुँदैन ।’ उनले जोड दिएर भने,‘अब परिमार्जन हुँदैन, संसदमा पेश भएको बिद्येयकनै जस्ताको त्यस्तै पारित हुन्छ, तलमाथि हुँदैन, यही प्रस्ताव नै जस्ताको त्यस्तै अघि बढ्छ ।’उनले मुलुकको समस्याहल गर्ने काँग्रेस लगायत सबै दलको  दायित्व भएको समेत स्पष्ट पारे । देउवाले थपे,“यो हाम्रो दायित्व पनि हो र जिम्मेवारी पनि हो, अहिलेका प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुको विकल्प छैन, सबै दलहरुवीच सहमति, सहकार्य र एकता अनिवार्य छ ।”
 
पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै आगामि पुस २४ गतेबाट संसद सुचारु हुने विश्वास व्यक्त गरे । उनले भने,‘अनिश्चित कालका लागि संसद चल्न नदिने, बन्द गर्ने कुरा उचित होईन, एमाले पार्टी भित्रै पनि यसका बिषयमा छलफल भईरहेको छ, एमाले जस्तो लोकतान्त्रिक पार्टीले यस्तो गरि रहनु हुँदैन, मैले संकेत पाएको छु एमालले आईबार देखि संसद खुलाउछ ।’
 
सभापतिदेउवाले आगामि बैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जेको भए पनि निर्वाचन हुने दावीगर्दै ०७४ मंसिर सम्ममा तीन वटै निर्वाचन गर्ने स्पष्ट पारे । उनले भने,‘ स्थानिय निकाय वा तह, त्यस पछि प्रदेश र केन्द्रिय संघिय निर्वाचन जसरी पनि गर्नुपर्छ, त्यसको विकल्प छैन्, हामीले निर्वाचन आयोगसँग कुरा गरेका छौँ, चार महिनाभित्रमा चुनाव हुन्छ ।’ 
 
सरकार परिवर्तनको विषयमा कुरै नगर्न पत्रकारहरुसँग आग्रह गर्दै अहिलेकै सरकारले चुनाव गराउँने देउवाले ठोकुवा गरे । चुनावी सरकारको विषयमा भने अहिले कुरा गर्ने बेला नभएकोले चुनावको मिति घोषणा पछि मात्रै कुरा गर्न आग्रह गर्दै भने,‘अहिले चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको कुरा नगर्नुस्, यो गठबन्धन यथावत रहन्छ ।’
 
उनले छिट्टै पार्टीको विभाग गठन हुने जानकारी दिदै भने,‘साथीहरूसँग नाम मागेको छु दिएका छैनन् आफै गठन गर्छु, पदाधिकारीको मनोनयनको बारेमा पार्टी भित्र छलफल भईरहेको छ, चाँडै गर्नेछु ।’ 
सबै केन्द्रीय सदस्यहरुलाई जिल्लाजिल्ला पठाई सकेको बताउदै एक जिल्ला एक केन्द्रिय सदस्य खटाई सकेकोले उनिहरूले चुनावको बारेमा रिपोर्ट दिईसके पछि भातृ संगठन सबैलाई परिचालन गर्ने बताए ।
तपाईले त अहिलेसम्म पार्टीको प्रवक्तानियुक्त गर्न सक्नु भएन भन्ने प्रश्न माउनले भने,“मैले बुझेको छु, तर म त सबै पत्रकाहरुलाई नै प्रवक्ता देख्छु, तपाईहरु हुनुहुन्छ नि ।”
 
पछिल्लो समय एमाले अध्यक्ष केपीशर्मा ओली र तपाईको सम्बन्ध सुमधुर भएको हो र ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले भने,“उहाँ सँग मेरो सम्बन्ध सँधै राम्रो छ, उहाँ र म सँगै जेल बसेका मान्छे हो, हामी दुवै जना जेलनेल भोगेर दुःख पाएका हौं, उहाँसँग मेरो पार्टीगत र व्यक्तिगत रुपमा राम्रो सम्बन्धछ ।” उनले अघि थपे,“अहिले पो यो संशोधन अघि बढ्ेपछि केही भयो जस्तो देखिएको हो, सम्बन्ध राम्रै छ, र रहिरहन्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ