arrow

पत्रकारमाथि परिवारै खनियो, भुइँमै लडाएर कुटियो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष १९ मंगलबार
Press-Image-news.jpeg

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाका सदस्य एंव मकालु टेलिभिजनका रंगेली संवाददाता दिलिप अग्रवाललाई एक समूहले निर्घात कुटपीट गरेको छ । सडकमा पानी लगाउने विषयमा विवाद भएपछि मिलाउन जाँदा अग्रवाललाई असेश्वर साहसहितको समूहले निर्घात कुटपीट गरेको बताइएको छ ।

साहको परिवारका सदस्यसहित पाँच–सात जनाको समूहले भुइमा लडाएर निर्घात कुटेको पीडित अग्रवालले बताएका छन् ।  अग्रवालको टाउको, घाँटी तथा खुट्टामा चोट लागेको छ । आफुलाई माथिबाट ढुंगा प्रहार समेत गरेको पत्रकार अग्रवालको भनाई छ । अग्रवालको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर मोरङले विज्ञप्ति जारी गरेर घटनाको  भत्र्सना गरेका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ