arrow

आगलागीमा परी चार घर जलेर नष्ट, गोठमा भएका आठ बाख्रा जलेर खरानी

logo
प्रकाशित २०७३ पुष २० बुधबार
fire.jpeg
राजविराज । सप्तरीको बोरिया गाविसमा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोबाट निजका चारवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 
साथै, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र तीनवटा साइकल जलेर नष्ट भएको छ । 
 
त्यस्तै, सोही आगोमा परी गोठमा रहेका आठवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ