arrow

दोहोरो कर हटाउने विषयमा छलफल भईसकेको छःथापा

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
IMG_5616.JPG.jpeg
लण्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा जारी राजनीतिक अस्थिरता बिस्तारै सहज हुने बताएका छन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी)को टोलीसँग नेपाली दूतावास लण्डनमा भएको भेटमा परराष्ट्रमन्त्री थापाले नयाँ संविधान जारी हुँदा केही हलचल हुने हुनाले विस्तारै सबै कुरा मिल्दै जानेमा आशावादी हुन आग्रह गरेका छन्। मन्त्री थापाले नेपालका बारेमा सबैमा सकारात्मक सोचाई हुनु पर्नै बताउँदै आफ्नो भ्रमणका बेलामा बेलायत सरकारसँग दोहोरो कर हटाउने सन्दर्भमा छलफल भइसकेको बताए ।

 टोलीले परराष्ट्रमन्त्री थापासँगको भेटमा नेपालमा विदेशी लगानी मैत्री वातावरण बनाउन समेत माग गरेको छ । भेटमा राजनीतिक अस्थिरताका कारण नेपालमा विदेशी लगानी भित्र्याउन  भइरहेको कठिनाईका साथै स्थापित विदेशी कम्पनीहरुलाई समेत दक्ष कामदार झिकाउदा हुने वर्क प्रमिटको झमेलाका बारेमा परराष्ट्रमन्त्री थापाको ध्यानाकर्षण गराइएको चेम्बरका अध्यक्ष राजेन कँडेलले जानकारी दिए । कँडेलले बेलायत(नेपालबीच सन् १९९३ मार्च २ मा भएको दोहोरो करले लागीनमा अप्ठ्यारो परेको बताउँदैं नेपाल र बेलायतबीच मार्च दुई उन्नाईसय त्रियान्नब्बेमा भएको विप्पा सम्झौताको परिमार्जन गरी प्रचार(प्रसार गर्नुपर्नैमा जोड दिएको बताए ।

टोलीले नेपालमा जारी भारतीय नाकाबन्दीको असरका बारेमा समेत छलफल गरेको छ । यसैगरी नेपाली दूतावास लण्डनमा छिट्टै राजदूत नियुक्तीको माग गर्दै चेम्बर दूतावाससँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । भेटवार्तामा बीएनसीसीको तर्फबाट अध्यक्ष राजेन कँडेल, सिईओ रिचार्ड पेली, महन्त श्रेष्ठ, विराज भट्ट, प्रशान्त कुँवर लगायतको उपस्थिती थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ