arrow

दश वर्षदेखि मधेसको समस्या अल्झाइएको छ : राजेन्द्र महतो

प्रदेशबाटै माग सम्बोधन भए सवैले अधिकार पाउँछन्, सीके राउतको मुद्दाको पक्षमा छैनौं

logo
प्रकाशित २०७३ पुष २० बुधबार
rajen-mm.jpeg

विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताएका छन् । सद्भावना पार्टी मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको छ–भने ।

परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष महतोले प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारे । मधेसका जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई छु्याएर प्रदेशको निर्माण गर्नुपर्ने विषयमा जोड दिँदै उनले संविधान संशोधनको प्रस्तावलाई पारित गराउनका लागि एमाले पनि जिम्मेवार हुनुपर्ने आवश्यकता औँंल्याए ।

सिके राउतले अलग मुलुकको माग राखेका हुन् भन्ने पत्रकारको जिज्ञासामा उनले प्रदेशको माध्यमबाट नै मधेसी, थारु,आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकाले त्यस्ता मागको पक्षमा मधेसी मोर्चा नरहेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ