arrow

सडक विस्तारको विरोध गर्ने बन्दकर्ता पक्राउ

logo
प्रकाशित २०७३ पुष २० बुधबार
banda-new-ss.jpeg

काठमाडौं । काठमाडौँ उपत्यकाभित्र गरिएको सडक विस्तारको विरोधमा बन्द गर्दै हिँडेका नेवा ग्वाहाली पुचःका १२ जना कार्यकर्ता पक्राउ परेका छन् । दिउँसो २ बजे कालीमाटीबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बन्दकर्तालाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

सोही संस्था आवद्ध डेढ दर्जन कार्यकर्तालाई न्युरोड जनसेवाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । बन्दमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी भ्रातृ संगठन नेवाः राष्ट्रिय मोर्चाको पनि साथ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ