arrow

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
khadbari-kimanthanka-road.jpg

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । 

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । 

उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । 

पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ