युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
1.6k
Shares
काठमाडौँ । अमेरिकाले संयुक्त राष्ट्र सङ्घको महासभामा युक्रेनी प्रस्तावको विरुद्धमा मतदान गरेको छ।
अमेरिकाले आफ्नो पुरानो नीति विपरीत युरोपेली देशहरूको विरुद्धमा गएर यो प्रस्तावको विरुद्धमा मतदान ग रेको हो। रुस र युक्रेन बीचको युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिका र इजरायलले युक्रेनको विरुद्धमा मतदान गरेका छन्।
संयुक्त राष्ट्र सङ्घबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्।
भारत र चीन सहित ६५ देशहरूले मतदानमा भाग लिएनन्। प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्।