arrow

महाशिवरात्रीमा मानव धर्मको रक्तदान कार्यक्रम, ८७ युनिट रगत संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
blood-donation-081.jpg

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ८७ युनिट रगत सङ्कलन भएको छ । हिन्दु धर्मावलम्बीहरूको महान् चार्ड महाशिवरात्रीको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम ८७ जनाले रक्तदान गरेका हुन् । हिमाल ब्लड एशोशियसनसंगको सहकार्यमा  समितिको केन्द्रीय कार्यालय गौशालामा मंगलबार रक्तदानमा भएको हो ।  

रक्तदान जीवन दान, आत्मज्ञान अति महान् भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपत्कालीन अवस्थामा संस्था सधैँ रक्तदान गर्न तयार रहेको बताउँछिन् । उनी भन्छिन्, “रगतको अभाव अरू कुनै पनि कुराले पुरा गर्न सक्दैन । त्यसै खेर जाने रगत दिँदा कसैको जीवन बचाउन सकिन्छ भने किन नदिने ?” 

हिमाल हस्पिटलकी ल्याब टेक्नोलोजिष्ट निशा भण्डारीका अनुसार अरू संस्थामा भन्दा मानव धर्ममा भएको रक्तदान कार्यक्रममा उत्साहजनक सङ्कलन हुने बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, “अन्त सङ्कलनका लागि जाँदा पुरुषको सङ्ख्या बढी हुने गरेको तर यहाँ भने महिलाहरू नै स्वः स्फूर्त रूपमा आएको देखेर खुसी लाग्छ ।” भण्डारीका अनुसार समितिमा सबै शाकाहारी भएको र अल्कोहलका कारण रिजेक्सन नभएका कारण पनि सङ्कलन राम्रो हुने गरेको छ । 

२० पटक रक्तदान गरिसकेका कुमार ओझाका अनुसार शुरुमा आफुले दिएको रगतले एउटी सुत्केरी महिलालाई बचाउन सकेको र उनले पाएको पुनर्जीवनले परिवारमा ल्याएको खुसीले आफूलाई सधैभरी रक्तदान गर्न प्रेरणा दिएको बताए । समितिले हरेक वर्ष विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गदै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ