arrow

अमेरिकामा पक्राउ गरेका रास्वपा नेता मोहन थापा हिरासतमै, अड्डासार गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
mohan-thapa-rsp-arrest.jpg

काठमाडौँ । अमेरिकाको पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा हिरासतमै रहेका छन् । 

उनलाई सोमबार अदालत लगिएकामा अड्डा सार गरिएको अमेरिकाबाट सञ्चालित हुँदै आएको समाज टाइम्सले उल्लेख गरेको छ । थापालाई शुरुमा फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको थियो । 

तर सोमबार उनलाई अड्डा सार गर्दै मोशानन भ्याली आइस प्रोसेसिङ्ग सेन्टरमा लगिएको छ। रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई नेपालबाट कतार हुँदै अमेरिका जाने क्रममा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईस) ले पक्राउ गरी हिरासतमा राखेको थियो ।  

आइस प्रोसेसिङ्ग सेन्टर भनेको आप्रवासन कार्यवाही वा निर्वासनको पर्खाइमा रहेका व्यक्तिहरूलाई हिरासतमा राख्ने स्थान हो।  

मोशानन भ्याली आइस प्रोसेसिङ्ग सेन्टर पेन्सिल्भेनियाको फिलिप्सबर्गस्थित जियो ड्राइभमा रहेको छ। 

थापाको पक्राउ बारेमा विभिन्न अड्कलहरु सार्वजनिक भए पनि अहिलेसम्म उनलाई कुन अभियोग लगाइएको हो भन्ने प्रष्ट भइसकेको छैन । 

थापा नेपाल र अमेरिका दुवै ठाउँमा पटक पटक विवादमा परेका व्यक्ति हुन् ।  उनी अमेरिका रहँदा फर्जी कागज बनाएको, नक्कली सवारी चालक अनुमति पत्र बिक्री गरेको लगायतका आरोपमा अदालतबाट दोषी ठहर भई जेल बसेका व्यक्ति रहेकोसमेत समाज टाइम्सले लेखेको छ । 

नेपालमा रहँदा पनि उनीमाथि सहकारी ठगी मुद्धामा चार जिल्ला अदालतबाट २ करोड ७९लाख रुपैयाँमा धरौटीमा रिहा भएका पहिले अमेरिकामै बसेका रास्वापा सभापति लामिछानेको निकट रही आर्थिक हिनामिना गरेको आरोप लाग्दै आएको छ ।  

थापाको समाचार समाज टाइम्सलाई आधार बनाएर हाम्राकुराले सार्वजनिक गरेसँगै रास्वपामा खैलाबैला मच्चिएको थियो ।

त्यसपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापाले पार्टीबाट अलग हुन निवेदन दिएको भन्दै उनी पार्टीमा नभएको बताएका थिए । 

तर रास्वपाले उनी अलग हुन दिएको निवेदन र उनी अलग भएको कुनै कागजात सार्वजनिक गरेको छैन । 

रास्वपाका निष्काशित सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री हुन पार्टी नेतृत्वलाई घुस खुवाउन भन्दै व्यापारी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो बाहिरिएपछि थापा पनि उक्त विवादमा मुछिएका थिए ।

त्यसपछि थापाले घटनाका सम्बन्धमा हुने छानबिनलाई सहयोग गर्न भन्दै पार्टी जिम्मेवारीबाट अलग भएको बताएका भए पनि पार्टी केन्द्रीय समितिको बैठकमा भने सहभागी हुँदै आएका थिए । 

थापाको फेसबुक पेजमा अहिले पनि रास्वपाको केन्द्रीय सदस्य भनेर नै उल्लेख छ। यतिसम्मकि अमेरिका जानुअघि थापाले कतारमा पार्टीको कार्यक्रममा सहभागिता जनाएकोसमेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ