arrow

'रातो नम्बर' फन्दामा परेकी प्राश्नाले भनिन् मेरो बद्नाम भो, असली कुरा अर्कै थियो

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
prashana-g.jpeg

काठमाडौं । आफुलाई गायिका भनेरे चिनाउने प्राश्ना पाण्डेले सञ्चार माध्ययममा आफुबारे आएको कुरा कपोकल्पित, असत्य र भ्रामक भन्दै आफ्नो बद्नाम भएको  बताएकी छन् । विहबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पाण्डेले हिजो अस्ति देखि रातो नम्बरबाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेसबुक एकाउन्टमा स्क्रिनसट गरेर हालेको फोटोको विषयलाई लिएर विभिन्न संचारमाध्ययममा आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण नभएको र गलत नियतले आएको बताएकी हुन् ।

उनले भनिन्,‘ मैले जानेर यो विषयमा हाम फालेकी होइन, न कुनै गलत मनसाय थियो, संजोग वस सामाजिक सञ्जालमा यो विषय भाइरल र मैले आफ्नो वालमा फोटो हाल्नुसँगै भयो ।’ सीआइबीले आफुलाई पक्राउ गरेर, तारेकमा छोडेको छ भन्ने समाचारले आफु र आफ्नो घर परिवार आफन्तजन र शुभचिन्तकहरूमा पर्न गएको नकारात्मक असरले आफुलाई दुःखी बनाएको उनले बताइन् ।

उनले भनिन्,‘मलाई एकरात सीआइबीले पक्राउ गरेर एकरात हिरासतमा राखेर छोडेको विषय सरासर गलत हो, यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु, यसमा कुनै सत्यता छैन ।’ वुधबार सीआइबीले गरेको पत्रकार सम्मेलनमा भने आफुहरुले गल्ति गरेको उनले स्वीकारेकी थिइन् ।   

आफ्नो प्रचार र प्रशंसाको लागि रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने अर्थ राख्ने स्टाटस हालेको विषयमा आफु अनविज्ञ रहेको उनको भनाई छ । वास्तविकता नबुझी भ्रम छर्ने गरी बाहिर आएको खबरले चरित्र हत्या हुने र सम्बन्धित व्यक्तिको परिवारजनमा पर्ने असरलाई ध्यान नदिएकोमा गुनासो गरिन् ।

सीआइबीका प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले नै उनी यसमा निर्दोश रहेको र गलत समाचार प्रकाशन नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको बताईन् । आफु कुनै हिरासतमा नबसेको भन्दै आफै अच्चमित परेको बताईन् । पाण्डेले बजारमा हल्ला पिटेको विषयको बारेमा आफुलाई केही जानकारी नभएको भन्दै, अञ्जानमा भएको एउटा पोस्टले यति धेरै असर पर्छ, अफवाह फिजाउँ छ जस्ता कुरामा अनवभज्ञ रहेको पनि बताईन् ।

उनले भनिन्, रातो नम्बरबाट फोन आउँदा त्यो किसिमको फोन उठाए पछि मरिन्छ भन्ने हल्ला आफुले सुन्दै आएको र साच्चीकै साथीको मोबाईलमा रातो नम्बरबाट फोन आएको देखेपछि आफु अच्चमित भएर फेसबुकमा पोष्ट गरेकी थिए, त्यो कुराको बारेमा तथ्य नबुझी गलत समाचार बनाएकामा खेद प्रकट गर्दछु, यस्ता तथ्यहिन कुरालाई समाचार बनाएर व्यक्तिगत जीवनमा असर पर्ने गरी समाचार लेख्नु उपयुक्त होइन, नगरिदिन पनि आग्रह गर्दछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ