arrow

बुधबार अध्यादेश पारित गराउन सरकार तयार, संसदमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो ।

यसअघि नेपाली कांग्रेसले पनि ह्वीप जारी गरेको थियो । तर जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरु ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो ।

सरकारले ल्याएका अध्यादेश बुधबार नै संसद्मा पेश हुने भएको छ । मंगलबार बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ