arrow

कांग्रेसको वैचारिक धार भुत्ते हुँदै गयो : डा शेखर कोइराला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
shekhar-koirala-81-11-24.jpg

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको वैचारिक धार भुत्ते हुँदै गएको टिप्पणी गरेका छ्न् । झापाको पार्टी कार्यालयमा पूर्व आप्रवासी समन्वय विभागको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले उक्त अभिव्यक्ति दिएका हुन् ।

कांग्रेस पार्टीको आगामी अधिवेशनमा आफूलाई सभापतिको उम्मेद्बारको रुपमा प्रस्तुत गर्ने तयारिका रहेका कोइरालाले पार्टीको वैचारिक धारप्रति टिप्पणी गर्दै  जिम्मेवार नेताको हैसियतले आफू त्यो धारलाई तिखो बनाउन  देशव्यापी अभियानमा लागेकाले आम कार्यकर्ताहरुलाई आफूलाई  साथदिन आग्रहसमेत गरेका थिए ।
  
झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित  पूर्व आप्रवासी समन्वय विभागको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डा कोइरालाले झापामासमेत कांग्रेसका इमान्दार कार्यकर्ताहरु विस्तारै विस्तारै पाखा लाग्दै गएको अवस्था आफूले पाएको बताए ।

आगामी चुनावको प्रतिस्पर्धी दल एमाले नै भएको संकेत गर्दै नेता कोइरालाले आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अगाडी जानुपर्ने बाध्यात्मक परिस्थिति  अप्ठ्यारो र असहज अवस्था रहेको भन्दै  कांग्रेस कार्यकर्ताहरुले उक्त परिस्थितिको सामना गर्नुपरेको  कोइरालाले जनाए  ।

आम कार्यकर्ताहरुको भावना आगामी चुनाव कांग्रेस एक्लै लड्नु पर्छ भन्ने रहेको आफूले पाएको बताउँदै त्यसका लागि कांग्रेसले बलियो तयारी गर्नुपर्ने  कोइरालाको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ